बैंक तथा वित्तीय संस्थाबाट स्थिर ब्याजदरमा कर्जा लिन राष्ट्र बैंकको अपिल - Chaitanya News
  • 2026-05-06
  • 13:30:14
  • बुधबार,बैशाख २३, २०८३
  • बैंक तथा वित्तीय संस्थाबाट स्थिर ब्याजदरमा कर्जा लिन राष्ट्र बैंकको अपिल

    बैंक तथा वित्तीय संस्थाबाट स्थिर ब्याजदरमा कर्जा लिन राष्ट्र बैंकको अपिल

    काठमाडौँ– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट स्थिर (फिक्स) ब्यादरमा मात्र कर्जा उपयोग गर्न सबैमा अपिल गरेको छ।

    पछिल्लो समय बैंकको ब्याजदरलाई लिएर समस्या आएको र सर्वसाधारणदेखि उद्योगी व्यवसायीहरुसमेत बैंक विरुद्ध आन्दोलनमा उत्रिन थालेपछि केन्द्रीय बैंकले स्थिर ब्याजदर कार्यान्वयनमा जोड दिएको हो।

    ब्याज र आम्दानीमा तालमेल नभएमा कर्जा भुक्तानीमा समस्या आउन सक्नेतर्फ सचेत गराउँदै राष्ट्र बैंकले व्यक्तिगत कर्जामा स्थिर ब्याजदरमा जान सबैमा अनुरोध गरेको हो।

    ‘निश्चित आय भएका व्यक्तिले परिवर्तनशील (एड्जसयबल–फ्लटिङ) ब्याजदरमा कर्जा उपयोग गर्दा आम्दानी र खर्चबीच सामञ्जस्यता हुन नसक्ने र कर्जा भुक्तानीमा समस्या हुने अवस्थालाई ध्यान दिई व्यक्तिगत कर्जाहरु स्थिर ब्याजदरमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको हो’ राष्ट्र बैंकले एक सूचनामार्फत भनेको छ, ‘स्थिर ब्याजदरमा कर्जा उपयोग गर्दा ब्याज रकम बढ्दैन र निधारित अवधिमै कर्जा भुक्तानी गर्न सकिन्छ। यसले निश्चित आय भएका व्यक्तिको वित्तीय अवस्थामा नकारात्मक असर समेत पर्न दिँदैन।’

    अस्थिर ब्याजदरका कारण ऋणीको ब्याज र आम्दानीमा तालमेल नमिलेर समस्या आएको बैंकले जनाउँदै केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा ब्याजदरको बारेमा पूर्ण जानकारी लिनुपर्नेमा समेत सचेत गराएको छ।