स्कटल्याण्डविरुद्ध नेपाललाई पहिलो सफलता, सन्दीपले लिए विकेट - Chaitanya News
  • 2026-06-05
  • 11:12:14
  • शुक्रबार,जेठ २२, २०८३
  • स्कटल्याण्डविरुद्ध नेपाललाई पहिलो सफलता, सन्दीपले लिए विकेट

    स्कटल्याण्डविरुद्ध नेपाललाई पहिलो सफलता, सन्दीपले लिए विकेट

    काठमाडौं-  आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणीय सिरिजको अन्तिम खेलमा आज नेपालले अहिले स्कटल्याण्डविरुद्ध बलिङ गरिरहेको छ ।

    यसैक्रममा नेपालले पहिलो विकेट लिएको छ । नेपालका लागि सन्दीप लामिछानेले आठौँ ओभरमा पहिलो विकेट लिएका हुन् । सन्दीपले २२ रन बनाएर खेलिरहेका स्कटल्याण्डका कील कोएत्जरलाई आउट गरेका हुन् ।

    यो समाचार तयार गरुन्जेल स्कटल्याण्डले ८ ओभरमा एक विकेट गुमाउदै ४३ रन बनाएको छ ।