काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। उनीहरुबीच आज (सोमबार) सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भेटवार्ता भएको हो।
छलफलमा प्रधानमन्त्री दाहाल र नेता नेपालबीच आगामी फागुन २५ मा हुन गइरहेको राष्ट्रपति निर्वाचनका बारेमा कुराकानी भएको बताइएको छ। प्रधानमन्त्री दाहाल राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गरेर साझा उम्मेदवार बनाउने पक्षमा छन्। नेकपा (एमाले) ले भने गत पुष १० मा प्रचण्ड प्रधानमन्त्री बन्दा नै एमालेको भागमा राष्ट्रपतिको सहमति भएको भन्दै सहमतिबाट पछाडि नहट्ने बताउँदै आएको छ।