काठमाडौं– श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले विदेशमा रहेका श्रमिकको स्वाथ्यसम्बन्धी जिज्ञासा तथा समस्याहरुलाई समाधान गर्न टेलिमेडिसिन सेवा कार्यविधि बनाएको छ।
श्रमिका स्वास्थ्य समस्या उचित समयमै सल्लाह, सुझाव र परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले टेलिमेडिसिन सेवा उपलब्ध गराउन लागिएको जानकारी श्रम सचिव एक नारायण अर्यालले दिए। उनका अनुसार वैदेशिक रोजगारमा रहेका श्रमिकका स्वास्थ्य समस्या बुझ्ने र अनलाईनमार्फत सचेतना फैलाई जोखिम न्यूनीकरणमा टेलिमेडिसिन सेवा थप प्रभावकारी हुनेछ।
विदेशमा रहेका श्रमिकहरु सानो सानो स्वास्थ्य समस्याबाट पीडित हुनुपर्ने र रोग पालेर गम्भीर हुने अवस्थामा पुग्नबाट रोक्न टेलिमेडिसिन सेवा उपयोगी हुने जानकारी सचिव अर्यालले दिए। उनले भने, ‘टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ लाई अन्तिम रुप दिइसकेको छ, एक महिनाभित्रै उक्त सेवा कार्यन्वयनमा ल्याउने तयारीमा छौं।’