राष्ट्रपतिबारे छलफल गर्न समाजवादीका नेताहरु आन्तरिक छलफलमा - Chaitanya News
  • 2026-05-15
  • 18:03:12
  • शुक्रबार,जेठ ०१, २०८३
  • राष्ट्रपतिबारे छलफल गर्न समाजवादीका नेताहरु आन्तरिक छलफलमा

    राष्ट्रपतिबारे छलफल गर्न समाजवादीका नेताहरु आन्तरिक छलफलमा

    काठमाडौं– राष्ट्रपतिबारे छलफल गर्न एकीकृत समाजवादीका नेताहरु आन्तरिक छलफलमा जुटेका छन्। राष्ट्रपतिबारे पार्टीको धारणा तय गर्न प्रतिनिधिसभामा १० सीट रहेको समाजवादीका नेताहरु छलफलमा बसेका हुन्।

    पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा अहिले जारी बैठकमा अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्षहरु राजेन्द्र पाण्डे, प्रमेश हमाल, महासचिव वेदुराम भुसाल, उपमहासचिव विजय पौडेल, गंगालाल तुलाधरलगायतका नेताहरु सहभागी छन्।

    फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको उम्मेदवारी मनोनयन १३ गतेका लागि तोकिएको छ। नेपाली काँग्रेस र एमालेले आ(आफ्ना उम्मेदवार उठाउने तयारी गरिरहँदा माओवादीले भने राष्ट्रिय सहमतिका आधारमा साझा व्यक्तिलाई राष्ट्रपति निर्वाचित गर्नुपर्नेमा जोड दिंदै आएको छ। समाजवादीले भने अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन।