प्रचण्ड र रवि लामिछानेबीच बालुवाटारमा भेट - Chaitanya News
  • 2026-07-01
  • 22:11:44
  • बुधबार,आषाढ १७, २०८३
  • प्रचण्ड र रवि लामिछानेबीच बालुवाटारमा भेट

    प्रचण्ड र रवि लामिछानेबीच बालुवाटारमा भेट

    काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटघाट भएको छ। सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरुबीच कुराकानी भएको हो।

    भेटमा राष्ट्रपतिको चुनाव र चितवन(२ मा हुने उपनिर्वाचनका विषयमा छलफल भएको बताइएको छ। सर्वोच्च अदालतको फैसलाबाट रविको सांसद र मन्त्री पद गएपछि उनको पार्टी सरकारबाट बाहिरिएको छ। यद्यपि सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ।