मोरङको बुढीगंगा बोरामा भेटियो महिलाको शव - Chaitanya News
  • 2026-10-29
  • 01:54:20
  • बुधबार,कार्तिक १२, २०८३
  • मोरङको बुढीगंगा बोरामा भेटियो महिलाको शव

    मोरङको बुढीगंगा बोरामा भेटियो महिलाको शव

    विराटनगर– मोरङको बुढीगंगा–२ अमाहिमा एक जना महिलाको शव भेटिएको छ। पहिचान नखुलेको अन्दाजी ३५ वर्षीया महिलाको हत्या गरेको अवस्थामा शव भेटिएको हो।

    स्थानीय नरसिंह चौधरीको घरमा बोराभित्र हालेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टीका बहादुर कार्कीले जानकारी दिए। अहिले घटनास्थलमा मोरङ प्रहरीका डिएसपी रञ्जन कुमार दाहालको नेतृत्वमा टोली परिचालन भएको छ। प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ।