राष्ट्रपति निर्वाचनका लागि अधिकृतको कार्यालयको आज उद्घाटन गरिंदै - Chaitanya News
  • 2026-05-15
  • 17:11:02
  • शुक्रबार,जेठ ०१, २०८३
  • राष्ट्रपति निर्वाचनका लागि अधिकृतको कार्यालयको आज उद्घाटन गरिंदै

    राष्ट्रपति निर्वाचनका लागि अधिकृतको कार्यालयको आज उद्घाटन गरिंदै

    काठमाडौं- राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते हुँदैछ।आयोगले जारी गरेको कार्यतालिका अनुसार बुधबार मतदाताको नामावली सार्वजनिक गर्ने तयारी छ। यता निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदैछ।

    निर्वाचन आयोगका अनुसार आज दिउँसो १ बजे संघीय संसदमा मतदान अधिकृत कार्यालयको स्थापना गर्न लागिएको हो।

    निर्वाचन आयोगले आज संघीय संसदमा मतदान अधिकृतको कार्यालय स्थापना गर्न लागेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए। कार्यक्रममा निर्वाचन आयोगका पदाधिकारीहरूको पनि उपस्थित रहनेछ।

    यही फागुन २५ गते हुने निर्वाचनका लागि मतदान अधिकृतमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल नियुक्त भइसकेका छन्। मतदान स्थल नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरलाई तोकिएको छ।