पूर्वमन्त्री मथुराप्रसाद श्रेष्ठको निधन - Chaitanya News
  • 2026-05-06
  • 13:30:23
  • बुधबार,बैशाख २३, २०८३
  • पूर्वमन्त्री मथुराप्रसाद श्रेष्ठको निधन

    पूर्वमन्त्री मथुराप्रसाद श्रेष्ठको निधन

    काठमाडाैं- पूर्वस्वास्थ्यमन्त्री प्रा डा मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ।

    लामो समयदेखि दम र छाती रोगका सङ्क्रमणको उपचारमा रहेका मानवअधिकार क्षेत्रका अगुवा श्रेष्ठको आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको उनका छोरा डा. जया श्रेष्ठले जानकारी दिए।

    वामपन्थी बुद्धिजीवी श्रेष्ठ चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाएका थिए।

    विसं २०४६ मा प्रजातन्त्रको पुनर्बाहाली भएपछि बनेको सरकारमा उनी नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री भएका थिएए। उनका छ छोरा र एक छोरी छन्। उनको मङ्गलबार पशुपति आर्यघाटमा दाह संस्कार गरिनेछ।