माओवादीको पदाधिकारी बैठक बस्दै, राष्ट्रपतिबारे छलफल हुने - Chaitanya News
  • 2026-05-15
  • 17:10:53
  • शुक्रबार,जेठ ०१, २०८३
  • माओवादीको पदाधिकारी बैठक बस्दै, राष्ट्रपतिबारे छलफल हुने

    माओवादीको पदाधिकारी बैठक बस्दै, राष्ट्रपतिबारे छलफल हुने

    काठमाडौं – सत्तारुढ नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज (सोमबार) बस्दै छ । बैठक दिउँसो ४ बजे पार्टी मुख्यालय पेरिसडाँडा बस्ने छ । बैठकमा फागुन अन्तिम साता हुने राष्ट्रपति निर्वाचनको छलफल हुने बताइएको छ ।

    फागुन अन्तिम साता हुने राष्ट्रपति निर्वाचनमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ । यसअघि, सत्तारुढ दलहरुबीच राष्ट्रपति नेकपा (एमाले) र उपराष्ट्रपति माओवादी केन्द्रले लिने सहमति भएको थियो ।

    नेकपा माओवादी राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुनुपर्ने अडानमा छ भने अर्को सत्ता साझेदार दल नेकपा एमाले भने सत्ता माओवादीसमीकरण बनाउँदै गर्दाको सहमतिका आधारमा नेकपा एमालेको उम्मेदवार नै राष्ट्रपति बन्नु पर्ने बताइरहेको छ । राष्ट्रपतिको विषयले पछिल्लो समय सत्ता गठबन्धनमा असहमति देखिन थालेको छ ।