दुर्गा प्रसाईले गरे पार्टी परित्याग - Chaitanya News
  • 2026-05-15
  • 17:11:01
  • शुक्रबार,जेठ ०१, २०८३
  • दुर्गा प्रसाईले गरे पार्टी परित्याग

    दुर्गा प्रसाईले गरे पार्टी परित्याग

    काठमाडौं– चर्चित व्यवसायीसमेत रहेका एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईले पार्टी परित्याग गरेका छन्। उनले आफू एमालेबाट अलग भएको बताए।

    प्रसाईले पूर्वराजपरिवारलाई अघि सारेर महाअभियानको घोषणा गरेपछि एमालेको स्थानीय कमिटीले केन्द्रमा कारवाही सिफारिस गरेको थियो। तर, पार्टीले निर्णय नलिँदै उनी आफैंले एमालेबाट अलग भएका हुन्।

    प्रसाईंले आजै काठमाडौं आएर पार्टी अध्यक्षसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन्।

    एमाले केन्द्रीय समितिको बैठकले २०७८ मंसिर २६ मा प्रसाईलाई केन्द्रीय समितिमा मनोनीत गरेको थियो। विगतमा माओवादी अध्यक्ष प्रचण्डनिकट उनी पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र बनेका थिए। अहिले उनी पूर्वराजासँग नजिकिएका छन्।