पोखरामा बस दुर्घटना हुँदा ४० जना घाइते - Chaitanya News
  • 2026-10-29
  • 01:50:30
  • बुधबार,कार्तिक १२, २०८३
  • पोखरामा बस दुर्घटना हुँदा ४० जना घाइते

    पोखरामा बस दुर्घटना हुँदा ४० जना घाइते

    पोखरा – पोखराको डाँडाकोनाकमा बस दुर्घटना हुँदा करिब ४० जना घाइते भएका छन। लेखनाथबाट पोखरा आउँदै गरेको ग १ ख ६७४७ नम्बरको बस पृथ्वीराजमार्गबाट खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अजय केसीले बताए।

    दुर्घटनामा परेका सबैको उद्धार गरेर अस्पताल लगिएको छ। अहिलेसम्म गम्भीर घाइते देखिँदैनन्’, उनले भने।

    चालकलाई नियन्त्रणमा लिएको केसीले जानकारी दिए। ‘चालकलाई नियन्त्रणमा लिएका छौँ। ब्रेकफेल भएर दुर्घटना भएको भन्ने छ’, उनले भने।

    प्रहरीका अनुसार बसमा पोखरा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी र सर्वसाधरण सवार थिए। विस्तृत विवरण आउन बाँकी छ।