विराटनगर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह अलमलमा रहेको बताएका छन्।
विराटनगरमा पत्रकारसंग कुरा गर्दै ओलीले ज्ञानेन्द्र शाहले आफ्नो वरिपरि २–४ जना मानिस देख्ने बित्तिकै पुरानै झल्को आउने गरेको र बोल्ने गरेको बताए। ‘ज्ञानेन्द्रजी आफैं अलमलमा हुनुहुन्छ, अझै पनि त्यो पुरानो झल्को उहाँलाई आइराख्छ, २–४ जना मान्छे वरिपरि देख्यो भने त्यो झल्कोले जोस्याउँछ,’ उनले भने।
पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको शुभकामना दिँदै सहकार्यको प्रस्ताव राखेको सन्दर्भमा पत्रकारले सोधेको प्रश्नमा ओलीले भने, ‘कोसँग सँग सहकार्य? ज्ञानेन्द्रजी राजनीतिमा हिँडिरहनु भएको छ, अस्ति दियो बाल्नु भयो क्यारे मेचीमा गएर, भएकै छ त।’
जनताले शासन हातमा लिएको १५ वर्ष मात्र भएको भन्दै ओलीले मिलाउने कुराहरु मिल्दै गएको र काम भइरहेको ओलीले बताए। ‘२४० वर्ष भन्दा बढी उहाँहरुले नै चलाएको होइन, उहाँहरुले देश कहाँ पुर्याउनुभएको थियो? ज्ञानेन्द्रले टुलुटुलु हेरर बस्दिनँ भनेको सन्दर्भमा पत्रकारले सोधेको प्रश्नमा ओलीले भने, ‘अहिले त १५ वर्ष न भयो जनताले हातमा लिएको, २५० वर्ष त खाएको छैन नि।’
राजालाई सहभागी गराएर कार्यक्रम गर्ने नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई कारबाही गर्नु हुन्न भन्ने पत्रकारको प्रश्नमा ओलीले भने, ‘कारबाहीको तपाईंहरूलाई किन चिन्ता हो?