पछि परे पनि कर्णालीबाट काठमाडौँ र समग्र देशले सिक्नुपर्ने कुरा धेरै छन : महामन्त्री शर्मा - Chaitanya News
  • 2026-05-15
  • 17:10:51
  • शुक्रबार,जेठ ०१, २०८३
  • पछि परे पनि कर्णालीबाट काठमाडौँ र समग्र देशले सिक्नुपर्ने कुरा धेरै छन : महामन्त्री शर्मा

    पछि परे पनि कर्णालीबाट काठमाडौँ र समग्र देशले सिक्नुपर्ने कुरा धेरै छन : महामन्त्री शर्मा

    सुर्खेत– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कर्णाली पछि परे पनि कर्णालीबाट काठमाडौँ र समग्र देशले सिक्नुपर्ने कुरा धेरै रहेको बताएका छन्। उनले कर्णालीले जुन सङ्घर्ष र संयमता अपनाएको छ, त्यो कुरा काठमाडौँले सिक्नुपर्ने बताए। आइतबार कर्णालीको राजधानीमा आयोजित कर्णाली उत्सवमा उनले भने, ‘कर्णालीले उज्यालोको सन्देश देशलाई दिइरहेको छ।’

    कर्णालीसँग सबै कुरा नभए पनि संयमतापूर्वक सास फेरेरे बाँचिरहेको बताउँदै शर्माले समाज र संयमतालाई पनि परिवर्तनसँग जोडेर लैजानुपर्ने तर्क राखे। ‘भौतिक रुपमा देशलाई जसरी लानु छ त्योसँगै आध्यात्मिक रूपमा खुसी कर्णालीसँग काठमाडौँले सिक्नुपर्छ,’ शर्माले भने,‘ सामाजिक रूपान्तरणको विषय दल विशेषको भन्दा पनि देश बनाउने विषय बन्नुपर्छ।’

    उनका अनुसार जसमा राजनीतिक आग्रहभन्दा पर राखी साझा रूपमा हेर्नुपर्ने हुन्छ । त्यही विषयलाई सम्बोधन गरेर जानु नै आजको नेपाल बन्नु भएको शर्माको भनाइ छ। शर्मा भन्छन्, ‘सबैको घर ताज महल जस्तै बन्यो तर भित्र घरेलु हिंसा भइरह्यो भने, सबै ठाउँमा ठुला ठुला एयरपोर्ट बनाउने सोचियो त नजिकैको होटेलमा सानो बालकले टेबुल पुछिरहेको छ भने त्यो देश बनेको हुँदैन।’