काठमाडौँ – कैलाली कारागारमा थुनामा रहेका नागरिक उन्मुक्तिका नेता अरुण चौधरी रिहा भएका छन् । प्रजातन्त्र दिवसको अवसरमा असल आचरण अन्तर्गत उनलाई कैदमाफिसहित रिहा भएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरिदिएकी छन् । चौधरी पनि ३९५ जना भित्र परेका हुन् । कैलाली प्रतिनिधिसभा २ बाट निर्वाचित चौधरीसहित ४ जना जिल्ला कारागार कैलालीबाट रिहा भएका हुन् ।
०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीन जना विरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।
६ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई माघ १९ गते बाँकेबाट पक्राउ गरेको थियो ।