चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार - Chaitanya News
  • 2026-05-06
  • 12:43:40
  • बुधबार,बैशाख २३, २०८३
  • चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

    चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

    काठमाडौं –  जलनमा परेर घाइते भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको बताइएको छ ।

    भण्डारीको अहिले मुम्बईमा उपचार भइरहेको छ । भण्डारीसँगै रहेका कांग्रेसका युवा नेता तथा व्यवसायी योगराज कँडेलका अनुसार भण्डारी अहिले खतरामुक्त रहेको चिकित्सकले बताएका छन् ।

    डा. भण्डारीको निवासमा ग्यास लिक भएपछि एक्कासी आगो लागेको थियो ।

    सोही आगलागीमा परेर डा। भण्डारीकी आमाको निधन भइसकेको छ भने उनको मुम्बईको एक अस्पतालमा अहिले उपचार भइरहेको छ ।