कोरियन भाषा परीक्षामा ३ हजार ४५३ उत्तीर्ण - Chaitanya News
  • 2026-05-06
  • 12:43:39
  • बुधबार,बैशाख २३, २०८३
  • कोरियन भाषा परीक्षामा ३ हजार ४५३ उत्तीर्ण

    कोरियन भाषा परीक्षामा ३ हजार ४५३ उत्तीर्ण

    काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाले कृषि तथा पशुपालन क्षेत्रतर्फ कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

    परीक्षामा ३ हजार ४५३ उत्तीर्ण भएको ईपीएस कोरिया शाखाले जनाएको छ।

    नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र दक्षिण कोरियास्थित श्रम तथा रोजगार मन्त्रालयबीचको समझदारीअनुरूप रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियामा नेपाली कामदार पठाउन गत १८ माघदेखि ५ फागुनसम्म कृषि तथा पशुपालन क्षेत्रतर्फका लागि कोरियन भाषा परीक्षा लिइएको थियो।

    परीक्षामा सहभागी १० हजार ३९८ मध्ये ३ हजार ४५३ परीक्षार्थी उत्तीर्ण भएका हुन्।

    भाषा परीक्षामा उत्तीर्ण परीक्षार्थीको ८ फागुनमा भैंसेपाटीमा सीप परीक्षण गराइनेछ।