यो गठबन्धन पाँचै वर्ष टिक्छ : उपप्रधानमन्त्री पौडेल - Chaitanya News
  • 2026-05-15
  • 16:16:11
  • शुक्रबार,जेठ ०१, २०८३
  • यो गठबन्धन पाँचै वर्ष टिक्छ : उपप्रधानमन्त्री पौडेल

    यो गठबन्धन पाँचै वर्ष टिक्छ : उपप्रधानमन्त्री पौडेल

    काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णु पौडेलले सत्ता गठबन्धन पाँचै वर्ष टिक्ने दावी गरेका छन्। एमालेको ‘मिसन ग्रासरुट’ अभियान अन्र्तगत शुक्रबार सुदूरपश्चिम पुगेका पौडेलले हल्ला एकातिर हुने र घट्नाक्रम अर्कोतिर अघि बढ्ने भन्दै हालको सत्ता गठबन्धन पाँचै वर्ष जाने बताएका हुन्। ‘यो सहयात्रा सहयात्रामा जुनजुन राजनीतिक दलहरु सहभागी छौं। नीतिगत पृष्ठभूमि र कार्यक्रमिक अवधारणाका आधारमा सहयात्रा बनिरहेको छ। यो कुनै काँचो धागोमा अडिएको सहयात्रा होइन’, उनले भने, ‘यो सहयात्रा ५ वर्ष चल्छ। र राष्ट्रपति उपराष्ट्रपति सबै पदहरुमा पूर्व सहमतिअनुसार कार्यान्वयन हुन्छ।’

    सत्ता गठबन्धन टुटने भनेर चलिरहेको हल्लामा सत्यता नभएको दावी पनि गरे। ‘हल्ला धेरै चल्छ। त्यो हल्ला एकातिर चल्छ, घटनाक्रम अर्कोतिर अघि बढ्छ। यो तपाईहरु सबैलाई थाहा भएकै विषय हो। हाम्रो लामो अनुभवले पनि यही कुरा बताउँछ। त्यसकारण हल्लामा विश्वास नगर्नका लागि र हल्लाका विषयलाई समाचार नबनाउनका लागि म आग्रह गर्न चाहान्छु’, पौडेलको भनाइ छ। नेता पौडेलले राष्ट्रका सबै विषयमा सहमति भइदिए झन राम्रो हुने टिप्पणी गरे।