स्कटल्याण्डमाथि नेपालको शानदार जित - Chaitanya News
  • 2026-06-05
  • 11:12:24
  • शुक्रबार,जेठ २२, २०८३
  • स्कटल्याण्डमाथि नेपालको शानदार जित

    स्कटल्याण्डमाथि नेपालको शानदार जित

    काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शुक्रबार भएको खेलमा नेपालले स्कटल्याण्डमाथि शानदार जित हासिल गरेको छ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको हो। स्कटल्याण्डले दिएको २७५ रनको चुनौती नेपालले नेपालले ४८ ओभरमा ७ विकेट गुमाएर लक्ष्य भेट्याएको हो।

    दीपेन्द्र सिंह ऐरी र कुशल मल्लको उत्कृष्ट ब्याटिङ मद्दतमा नेपालले स्कटल्याण्डमाथि विजयी हासिल गरेको हो।

    दीपेन्द्रले ११६ बल खेल्दै ८ चौका र १ छक्का मद्दतमा अविजित ८५ रन बनाउँदा कुशलले ६७ बल खेल्दै ९ चौका र ४ छक्कामा ८१ रन बनाए।
    यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले पूरा ओभरको समाप्तिमा ९ विकेट खर्चिएर २७४ रन जोडेको थियो।

    स्कटल्याण्डका लागि माइकल लिस्कले ८५ बलमा ३ चौका र ९ छक्कासहित १०७ रनमा नट आउट रहे।

    नेपालका लागि सन्दीप लामिछानेले ३, कुशल मल्लले २, सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले समान १÷१ विकेट लिए।