फिल्म ‘छक्का पञ्जा ४’को ट्रेलर सार्वजनिक - Chaitanya News
  • 2026-07-16
  • 03:05:18
  • बुधबार,आषाढ ३१, २०८३
  • फिल्म ‘छक्का पञ्जा ४’को ट्रेलर सार्वजनिक

    फिल्म ‘छक्का पञ्जा ४’को ट्रेलर सार्वजनिक

    काठमाडौं– फिल्म ‘छक्का पञ्जा ४’को ट्रेलर सार्वजनिक गरिएको छ। फिल्म प्रदर्शनको दुई साताअघि निर्माण टिमले ३ मिनेट भन्दा लामो ट्रेलर सार्वजनिक गरेको हो। सार्वजनिक ट्रेलरमा फिल्मका अधिकांश कलाकारहरूलाई स्थान दिइएको छ।

    हेमराज बिसीको निर्देशन रहेको फिल्ममा दीपक र दीपासँगै निर्मल शर्मा, केदार प्रसाद घिमिरे, बुद्धि तामाङ, राज आचार्य, बेदना राई, सुष्मा निरौला, नीर शाह, सविन बास्तोला, बेनिशा हमाल लगायतको अभिनय छ।

    दीपकराज गिरीकै कथा एवं लेखन रहेको फिल्म राजनीतिक विषयवस्तुमा निर्माण भएको हो।

    दिपेन्द्र खनिया र केशव न्यौपाने निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा निर्मल शर्मा र केदार प्रसाद घिमिरे छन्।

    फिल्म फागुनको १९ गतेबाट प्रदर्शनमा आउँदैछ।