काठमाडौं– बलिउड अभिनेत्री स्वरा भास्कर आफ्नो विवाहका कारण चर्चामा छिन्। नायिकाले ६ जनवरीमा समाजवादी पार्टीका नेता फहाद अहमदसँग अदालती विवाह गरेकी थिइन्। अब १६ फेब्रुअरीमा स्वराले सोसल मिडियामार्फत आफ्नो विवाहको जानकारी दिएकी हुन्।
यसैबीच जोडीको एउटा भिडियो सोसल मिडियामा सार्वजनिक भएको छ जसमा उनी अदालती विवाहपछि नाचिरहेको देखिएकी छिन्। वास्तवमा यो भिडियो स्वरा र फहादका साथीले आफ्नो सोसल मिडिया अकाउन्टमा पोस्ट गरेका छन्।
यो भिडियोमा स्वरा र फहाद विवाहपछि अदालत बाहिर निस्किरहेको देखिएका छन्। यति बेला नायिका श्रीमानको हात थामेर निकै खुसी देखिएकी छिन्। रातो साडी, टिका र हातमा मेहेन्दी लगाएकी स्वरा सुन्दर देखिएकी छिन्। स्वराले विवाहमा आफ्नी आमाको ४० वर्ष पुरानो साडी लगाएको बताइन्छ।