अभिनेत्री सामन्थाले अस्वीकार गरिन् पुष्पा २ को प्रस्ताव - Chaitanya News
  • 2026-07-16
  • 03:05:33
  • बुधबार,आषाढ ३१, २०८३
  • अभिनेत्री सामन्थाले अस्वीकार गरिन् पुष्पा २ को प्रस्ताव

    अभिनेत्री सामन्थाले अस्वीकार गरिन् पुष्पा २ को प्रस्ताव

    काठमाडौं– दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभुले पुष्पा २ फिल्मको अफर अस्वीकार गरेकी छन्।

    ५ करोड रुपैयाँ भारु लिए पनि सामान्थाले उक्त फिल्ममा हुने एक गीतको नृत्य गर्न नमानेकी नवभारत टाइम्सले लेखेको छ।

    साउथ अभिनेत्री सामन्था हालै आफ्नो रोगबाट निको भएकी छन्। उनी अहिले मुम्बईमा आगामी वेब सिरिज ‘सिटाडेल’ को सुटिङमा छिन्।

    पुष्पा मा उनले अभिनय गरेको ओ अन्तवा गीतले निकै चर्चा बटुलेको थियो। जसका कारण निर्माण पक्षले उनलाई पुनः अर्को गीतमा दोहोर्‍याउन चाहेका थिए।