छक्का प्रहार गर्दै कुशलले गरे अर्धशतक पूरा - Chaitanya News
  • 2026-06-05
  • 11:12:35
  • शुक्रबार,जेठ २२, २०८३
  • छक्का प्रहार गर्दै कुशलले गरे अर्धशतक पूरा

    छक्का प्रहार गर्दै कुशलले गरे अर्धशतक पूरा

    काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा कुशल मल्लले अर्धशतक पूरा गरेका छन्। उनले १८औं ओभरको अन्तिम बलमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन्।

    उनले ४२ बल खेल्दै ५२ रन बनाएका छन्। उनले ६ चौका र तीन छक्काको मद्दतले ५२ रन बनाएका हुन्।

    उनलाई दीपेन्द्र सिंह ऐरीले साथ दिइरहेका छन्। २७५ रनको लक्ष्य पछ्याएको नेपालले १२५ रन बनाउने क्रममा पाँच विकेट गुमाइसकेका छन्।

    स्कटल्याण्डसँग जवाफी ब्याटिङ गरिरहेको नेपालले ११औं ओभरमै पाँचौं विकेट गुमाएको हो।

    सन्दिप जोरा ८ बलमा पाँच रन बनाउँदै आएट भएका छन्। २७५ रनको लक्ष्य पाएको नेपालले पहिलो ओभरमा २३ रन बनाएको थियो। ओपनर कुशल भुर्तेलले ८ बलमा १६ रन बनाएका थिए। उनी तेस्रो ओभरको पहिलो बलमा आउट भएका हुन्।

    उनीपछि आएका मल्लले पहिलो बलमा चौका हाने र चौथो बलमा उनी आउट भए। आरिफ शेख १४ बल खेलेर ९ रनमा क्याचआउट भएका छन्। कप्तान रोहित पौडेले १० बलमा जम्मा ६ रन बनाएर पेभेलियन फर्किएका थिए।