रोकियो स्नातक तह प्रथम वर्षको भर्ना - Chaitanya News
  • 2026-05-06
  • 11:51:48
  • बुधबार,बैशाख २३, २०८३
  • रोकियो स्नातक तह प्रथम वर्षको भर्ना

    रोकियो स्नातक तह प्रथम वर्षको भर्ना

    काठमाडौं- त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेसँगै विद्यार्थी भर्ना प्रक्रिया रोकिएको छ। चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनका लागि फागुन १९ गतेदेखिको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।

    निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै स्नातक तह प्रथम वर्षको भर्ना कार्यक्रम रोकिएको हो। निर्वाचन सम्पन्न भइसकेपछि रोकिएको भर्ना कार्यक्रम पुनः सुचारु हुने त्रिविले जनाएको छ।

    त्रिविले अहिले स्नातक प्रथम वर्षको भर्ना कार्यक्रम सञ्चालन गर्दै आएको थियो। निर्वाचन कार्यतालिका आएसँगै भर्ना कार्यक्रम रोकिएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए।