पाकिस्तानमा पेट्रोल २७२ र डिजेलको मूल्य २८० रुपैयाँ पुग्यो - Chaitanya News
  • 2026-10-28
  • 23:52:07
  • बुधबार,कार्तिक १२, २०८३
  • पाकिस्तानमा पेट्रोल २७२ र डिजेलको मूल्य २८० रुपैयाँ पुग्यो

    पाकिस्तानमा पेट्रोल २७२ र डिजेलको मूल्य २८० रुपैयाँ पुग्यो

    एजेन्सी– पाकिस्तानमा पेट्रोल २७२ रुपैयाँ प्रतिलिटर पुगेर नयाँ रेकर्ड बनाएको छ। पाकिस्तानमा पेट्रोल–डिजेलको मूल्य रेकर्ड स्तरमा पुगेको छ। सरकारले बिहीबारदेखि पेट्रोलमा २२ रुपैयाँ र डिजेलमा १७ रुपैयाँ बढाएको छ। आजदेखि एक लिटर पेट्रोलको मूल्य २७२ रुपैयाँ र डिजेलको मूल्य २८० रुपैयाँ छ। यसरी पछिल्लो एक महिनामा पेट्रोल ५८ रुपैयाँ र डिजेल ५३ रुपैयाँ महँगो भएको छ। जनवरी १६ मा पेट्रोलको मूल्य २१४ रुपैयाँ ८० पैसा र डिजेलको मूल्य २२७ रुपैयाँ ८० पैसा थियो। पाकिस्तानमा पछिल्लो एक महिनामा पेट्रोल ५८ रुपैयाँ र डिजेल ५३ रुपैयाँ पुगेको छ।

    पाकिस्तानको वित्त महाशाखाले पाकिस्तानी मुद्रा (रुपैया)मा आएको गिरावटको कारण पेट्रोल र डिजेलको मूल्यमा कीर्तिमानी वृद्धि भएको जनाएको छ। जियो न्यूजका अनुसार अहिले पाकिस्तानमा विदेशी मुद्राको ठूलो संकट छ। यसले आयात–निर्यातमा असर गरिरहेको छ। मुद्रास्फीति बढिरहेको छ। आईएमएफले ऋण दिँदैन। आईएमएफले ऋणका लागि कडा शर्त राखेको छ। जसमा डिजेल र मट्टितेलको भाउ बढेको छ।

    पाकिस्तानमा पेट्रोल मात्र होइन दैनिक जीवनमा प्रयोग हुने मट्टितेल, लाइट डिजेल र हाईस्पीड डिजेलको मूल्य पनि बढाइएको छ। यसले गर्दा मुलुकमा मुद्रास्फीति अझै बढ्ने छ। मूडीज एनालिटिक्सका वरिष्ठ अर्थशास्त्री क्याट्रिना एलका अनुसार यसले पाकिस्तानमा सन् २०२३ को पहिलो छ महिनामा ३३ प्रतिशतमा मुद्रास्फीति दर बढाउनेछ। उनले आईएमएफको ऋण पनि देशको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन पर्याप्त नहुने बताए।