२ लाख अवैध भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ - Chaitanya News
  • 2026-10-28
  • 23:52:26
  • बुधबार,कार्तिक १२, २०८३
  • २ लाख अवैध भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ

    २ लाख अवैध भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ

    काठमाडौँ— प्रहरीले २ हजार दरका २ लाख ४० हजार अवैध भारतीय रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। एयर इन्डियाको उडानमार्फत् बिहीबार बिहान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको कलकत्ता जान लागेका ४६ वर्षीय भारतीय नागरिक टुकाराम मल्हारी गड्धेलाई प्रहरीले हृयाण्डब्याग जाँच गर्ने क्रममा अवैध भारुसहित पक्राउ गरेको हो।

    नेपालमा ५ सय, एक हजार र २ हजार दरका भारतीय मुद्रा प्रतिबन्ध छ। पक्राउ परेका भारतीय नागरिकलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवनको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।