पशुपतिनाथ मन्दिरमा नागा बाबाहरुको रमझम - Chaitanya News
  • 2026-10-28
  • 23:52:04
  • बुधबार,कार्तिक १२, २०८३
  • पशुपतिनाथ मन्दिरमा नागा बाबाहरुको रमझम

    पशुपतिनाथ मन्दिरमा नागा बाबाहरुको रमझम

    काठमाडौं– पशुपतिनाथ मन्दिरमा बाबाहरुको रमझम बढीरहेको छ। महाशिवरात्री मनाउन देशविदेशबाट काठमाडौं आइपुगेका नागा बाबाहरुलाई पशुपतिनाथ मन्दिर परिसरमा प्रवेश दिइएको छ।

    भारतलगायत देशका विभिन्‍न भागबाट महाशिवरात्री मनाउन काठमाडौं आइपुगेका उनीहरुलाई अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वार नम्बर–१ बाट पशुपतिनाथको परिसरमा प्रवेश दिइएको हो।

    उनीहरु हातमा त्रिशुल, गलामा माला पशुपतिनाथमा रमझम गर्दै प्रवेश गरेका छन्।

    यस वर्ष शिवरात्रिमा पशुपतिनाथ मन्दिरको दर्शन गर्न २० लाख भक्तजन आउने अनुमान गरिएको छ। साथै मेला व्यवस्थापनका लागि करिब ७ हजार सुरक्षाकर्मी परिचालन गरिने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।