काठमाडौँ– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले नेपालको प्रमुख पेसाको रूपमा रहेको कृषि क्षेत्रको विकासका लागि शिक्षामा नै कृषिको विषयमा पठनपाठन हुन आवश्यक रहेको बताएका छन।
ज्ञानोदय माध्यमिक विद्यालयमा आयोजना गरिएको बिदाइ, सम्मान तथा आइसिटी ल्याबको उद्घाटन समारोहमा मुख्यमन्त्री जम्मरकट्टेलले प्रदेश सरकारबाट यसको लागि आह्वान गर्दा प्रस्तावहरू नआएकोमा दुःख व्यक्त गरे। उनले ज्ञानोदयलाई धादिङमा कृषि विद्यालय सञ्चालन गर्न आग्रह गर्दै यसका लागि आफूले चाहिने सहयोग गर्ने बचन पनि व्यक्त गरे।
सो कार्यक्रममा काठमाडौं क्षेत्र नं. ८ बाट प्रतिनिधिसभा सदस्य विराजभक्त श्रेष्ठले सामुदायिक विद्यालयमाझ ज्ञानोदय एक उदाहरण भएको भन्दै आफ्नो घर नजिकको विद्यालयले गरेको उन्नतिमा हर्ष व्यक्त गरे।
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले शिक्षाका लागि आफ्नो रुचिका विषयमा पनि अध्ययन गरिरहनु पर्ने बताए। केन्द्रीय शिक्षक सङ्घका सदस्य सुन्दर पन्तले ज्ञानोदय मा।वि। नेपालका उत्कृष्ट विद्यालयहरू मध्ये उत्कृष्ट विद्यालय हुन सफल भए पनि नमुना विद्यालय घोषणा हुन नसक्नु दुस्खद् रहेको बताए।
यसैगरी अखिल नेपाल शिक्षक सङ्घका अध्यक्ष शङ्कर अधिकारीले ज्ञानोदय मा।वि।ले नेपालका सामुदायिक विद्यालयहरू पनि गुणस्तरीय रहेको प्रमाण प्रस्तुत गरिरहेको बताए।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले नमुना विद्यालयका लागि जग्गाको कुरा प्रमुख रहेको कारण विद्यालय उत्कृष्ट हुँदा पनि नमुना विद्यालय हुन नसक्ने प्रावधान सच्याउन आवश्यक रहेको बताए। उनले परीक्षामा पाइने ग्रेड भन्दा पनि व्यावहारिकता महत्त्वपूर्ण हुने बताए।
सो कार्यक्रममा विद्यालयका शिक्षिकाहरूलाई सम्मान गरिएको थियो भने २०७६, ७७ र ७८ सालमां२ उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूलाई यशोधरा छात्रवृत्ति र सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रममा ज्ञानोदयको स्मारिका ज्ञानोदय हेराल्डको पनि विमोचन गरियो।