मेडिकल काउन्सिलमा सात महिनामै ४६ वटा उजुरी, सबैभन्दा बढी अनलाइन हिंसा - Chaitanya News
  • 2026-10-28
  • 23:52:29
  • बुधबार,कार्तिक १२, २०८३
  • मेडिकल काउन्सिलमा सात महिनामै ४६ वटा उजुरी, सबैभन्दा बढी अनलाइन हिंसा

    मेडिकल काउन्सिलमा सात महिनामै ४६ वटा उजुरी, सबैभन्दा बढी अनलाइन हिंसा

    काठमाडौं– नेपाल मेडिकल काउन्सिलमा चालु आर्थिक वर्षको फागुन ३ गतेसम्म ४६ वटा उजुरी परेका छन्। आर्थिक वर्ष २०७७– ०७८ मा ४४ र ०७८–०७९ मा ४६ वटा उजुरी परेकोमा यसवर्ष भने सात महिनाकै अवधिमा ४६ वटा उजुरी परेका हुन्।

    काउन्सिलमा दर्ता भएकामध्ये सबैभन्दा धेरै अनलाइनको माध्यमबाट भएका हिंसाका घटना छन्। झन्डै ५० प्रतिशत घटनामा चिकित्सकहरूमाथि सामाजिक सञ्जालमार्फत् गालीगलौज तथा गलत प्रचार भएका घटना छन्। कतिपय चिकित्सकहरूबाट नै बिरामीको अनुमतिबिना फोटो, भिडियो सार्वजनिक भएका घटना पनि छन्।

    यी बाहेक मेडिकल काउन्सिलको दर्ता नम्बर दुरुपयोग गरी चिकित्सकहरूको प्रचार गरिएका घटना पनि काउन्सिलमा दर्ता भएका छन्। काउन्सिलमा दर्ता भएकामध्ये २५ प्रतिशत भने कानुनी उपचारमा जानु नपर्ने प्रकृतिका घटना आउने गरेको काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद पौडेलले बताए।

    अन्य घटनामा भने काउन्सिलको अनुसन्धान समितिले छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउने गरेको छ।