राप्रपा निर्देशन समितिको बैठक आज बस्दैछ, समसामयिक विषयमा छलफल हुने - Chaitanya News
  • 2026-10-28
  • 23:52:05
  • बुधबार,कार्तिक १२, २०८३
  • राप्रपा निर्देशन समितिको बैठक आज बस्दैछ, समसामयिक विषयमा छलफल हुने

    राप्रपा निर्देशन समितिको बैठक आज बस्दैछ, समसामयिक विषयमा छलफल हुने

    काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निर्देशन समितिको बैठक आज बस्दैछ।

    पार्टी पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको समितिको बैठक बस्न लागेको हो।

    पार्टी उपाध्यक्ष बुद्धिमान तामाङका अनुसार केहीबेरमा सुरु हुने बैठकमा समसामयिक राजनीतिक परिस्थितिको विश्लेषण र छलफल हुनेछ।

    यो समितिलाई पार्टीको नीतिगत निर्णय गर्ने, मन्त्रिपरिषद् सिफारिस, राजनीतिक नियुक्तमा पार्टीबाट सिफारिस गर्ने अधिकार छ।