नेपाली सभ्यताको पुनर्जागरण आवश्यक : राष्ट्रपति - Chaitanya News
  • 2026-05-15
  • 15:05:34
  • शुक्रबार,जेठ ०१, २०८३
  • नेपाली सभ्यताको पुनर्जागरण आवश्यक : राष्ट्रपति

    नेपाली सभ्यताको पुनर्जागरण आवश्यक : राष्ट्रपति

    काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल निर्माणका लागि नेपाली सभ्यताको पुनर्जागरण आवश्यक भएको बताइकी छन। आयुर्वेद शिक्षक भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले समुन्नत नेपाल निर्माणका लागि नेपाली सभ्यताको पुनर्जागरण आवश्यक भएको बताइन । उनले नेपाल सांस्कृतिक, नैतिक र सभ्यता पुनर्निर्माणको सङ्घारमा उभिएको भन्दै यसलाई राष्ट्रले ठूलो जिम्मेवारीका रूपमा लिनुपर्ने बताइ।

    ‘हामीहरूले अब स्वाभिमान र सम्मान खोज्नुपर्छ, यसका लागि सांस्कृतिक, नैतिक र सभ्यताको संस्कारलाई विकास गर्न जरुरी छ’, उनले भनिन, ‘मैले यसलाई नेपाली सभ्यताको पुनर्जागरणको नाम दिएकी छु।’

    राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रियस्तरमा यो अभियानलाई प्राज्ञिक तथा विश्वविद्यालयहरूले जिम्मेवारी लिएर उचाइमा पुर्‍याएको इतिहास रहेको भन्दै नेपाली सभ्यताको पुनर्जागरणको अभियानको नेतृत्व नेपाल संस्कृत विश्वविद्यालयले लिनुपर्ने सुझाव दिइन। संस्कृत भाषाको संरक्षणका लागि अहम् भूमिका खेल्दै आएको नेपाल संस्कृत विश्वविद्यालयले यो प्रयासलाई थप उचाइमा पुर्‍याउन विश्वविद्यालयले थप सक्रियता दिनुपर्ने उहाँले बताइन। विश्वमा प्राकृतिक चिकित्साले अधिक महत्त्व पाउँदै आएको भन्दै नेपालमा पनि यसको प्रभावकारितामा जोड दिँदै यो पद्धतिको विश्वसनीयता कायम गर्नुपर्ने राष्ट्रपति भण्डारीको भनाइ छ।

    विश्वविद्यालयका उपकुलपति यादव प्रकाश लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कोरोना महामारीसँग जुधिरहेको समयमा शिक्षण भवनले स्वास्थ्यमा पुर्‍याएको सेवा आफैँमा ऐतिहासिक र महत्त्वपूर्ण रहेको बताइन। उनले संस्कृत विश्वविद्यालय नेपालको एतिहासिक विश्वविद्यालय रहेकोले यसको विकासका लागि सबैले ध्यान दिनुपर्ने बताइन। यो विश्वविद्यालयलाई पूर्वीय दर्शनको अध्ययनको केन्द्र बनाउन सकेमा यसमा रुचि राख्ने विश्वभरका व्यक्तिहरूलाई आमन्त्रण गर्न सकिने भन्दै मन्त्री बर्माले नेपालले त्यसो गर्न नसके पूर्वीय दर्शनको अध्ययन गर्न पश्चिमा देशमा जानुपर्ने स्थिति आउन सक्ने बताइन।

    कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ मन्त्री विष्णु पन्थीले शिक्षण अस्पतालले दाङमात्र नभई लुम्बिनी प्रदेशभरका सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने विश्वास व्यक्त गरिन

    विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक डा. भीमप्रसाद खतिवडाले २०७२ सालपछि निर्माण गरिएको शिक्षण भवनमा तीन वटा ब्लक रहेको जानकारी दिएकी छन। उनले साना–ठूला सबै गरी एक सय आठ वटा कोठा रहेको भवनमा विद्यार्थीको सैद्धान्तिक एवम् प्रयोगात्मक कक्षा तथा प्राध्यापकहरूको कोठा पनि रहेको जानकारी दिएकी छन।

    २४ करोड ७२ लाख ८३ हजार रुपैयाँको लागतमा यो भवनको बनेको थियो। बीएएमएसका लागि सबै वर्षको गरी यहाँ दुई सय २५ जना विद्यार्थी अध्ययनरत छन् ।

    कार्यक्रममा बीएएमएसमा अध्ययनरत विद्यार्थीले नेपालको संस्कृति झल्कने विभिन्न नृत्य योग प्रदर्शन गरेका थिए। कार्यक्रमपछि राष्ट्रपति भण्डारीले शिक्षण भवन र नेपाल संस्कृत विश्वविद्यालयको भवनको निरीक्षण गरेकी थिइन।