लोभको पछि नलागी राष्ट्रको पक्षमा काम गर्न नयाँ शाखा अधिकृतहरुलाई मन्त्री मोदीको निर्देशन - Chaitanya News
  • 2026-05-15
  • 15:05:33
  • शुक्रबार,जेठ ०१, २०८३
  • लोभको पछि नलागी राष्ट्रको पक्षमा काम गर्न नयाँ शाखा अधिकृतहरुलाई मन्त्री मोदीको निर्देशन

    लोभको पछि नलागी राष्ट्रको पक्षमा काम गर्न नयाँ शाखा अधिकृतहरुलाई मन्त्री मोदीको निर्देशन

    ललितपुर– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले आफ्नो कार्यसम्पादनको हरेक क्षण राष्ट्रको पक्षमा काम गर्न नयाँ शाखा अधिकृतहरुलाई निर्देशन दिएका छन्।

    नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको ३६ औँ आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै मन्त्री मोदीले कुनै पनि लोभको पछि नलागीकन राष्ट्रको हितको पक्षमा काम गर्न निर्देशन दिएका हुन्।

    इजि मनी अर्नको अहिले फेसन चलिरहेको छ, कसरी हुन्छ, के गरी हुन्छ छिटो पैसा कमाउने कुरा अहिले फेसन बनेको छ” मन्त्री मोदीले भने, “तपाईसँग मेरो आग्रह छ भने तपाईहरुले आफ्नो प्रतिष्ठालाई बचाएर राष्ट्रको पक्षमा काम गर्नुस्।”

    मन्त्री मोदीले उत्कृष्ट ढंगबाट कार्यसम्पादन गर्नेतिर ध्यान दिन पनि आग्रह गरे।

    लोक सेवामार्फत् हालै शाखा अधिकृतमा नियुक्त भएका २३९ जना प्रशिक्षणमा सहभागी छन्। प्रशिक्षण ६ महिनासम्म चल्नेछ।