प्रदर्शनमा उत्रिएका पूर्व न्यायाधीश गिरीको श्रीमतीसहित पाँच जना पक्राउ - Chaitanya News
  • 2026-10-28
  • 23:07:44
  • बुधबार,कार्तिक १२, २०८३
  • प्रदर्शनमा उत्रिएका पूर्व न्यायाधीश गिरीको श्रीमतीसहित पाँच जना पक्राउ

    प्रदर्शनमा उत्रिएका पूर्व न्यायाधीश गिरीको श्रीमतीसहित पाँच जना पक्राउ

    काठमाडौं– नयाँ बानेश्वरस्थित संसद भवनबाहिर पूर्व न्यायाधीश भुवन गिरीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गर्ने चार जना पक्राउ परेका छन्।

    पूर्व न्यायाधीश गिरीलाई कारबाहीको माग गर्दै ४ जना महिलाले संसदभवन बाहिर टायर बालेर प्रदर्शन गर्न लागेका थिए। प्रदर्शनका क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

    प्रहरीले पूर्व न्यायाधीशकी श्रीमती आरती गिरी, विनु यादव, क्रितिका यादव, कृष्ण कठायत, सरिना फुयाललाई पक्राउ गरेको छ।

    श्रीमानमाथि बैवाहिक बलात्कारको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी गिरीकी पत्नी आरती गिरीले कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेकी थिइन्। पक्राउ परेका महिलाहरुले संसदभवन अगाडि आत्मदाह गर्ने भन्दै पेट्रोल, काँचका सीसा बोकेर आएका थिए।