शिवरात्रिको अवसरमा पशुपतिमा दर्शन गर्न २० लाख भक्तजन आउने अनुमान - Chaitanya News
  • 2026-10-28
  • 23:16:57
  • बुधबार,कार्तिक १२, २०८३
  • शिवरात्रिको अवसरमा पशुपतिमा दर्शन गर्न २० लाख भक्तजन आउने अनुमान

    शिवरात्रिको अवसरमा पशुपतिमा दर्शन गर्न २० लाख भक्तजन आउने अनुमान

    काठमाडौं– शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गर्न २० लाख भक्तजन आउने पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

    शिवरात्रिको तयारीबारे बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराउँदै कोषले शिवरात्रिमा करिब २० लाख धार्मिक पर्यटक आउने अनुमान गरेको हो। ट्राफिक सुरक्षा लगायतका अन्य व्यवस्थापन राज्यका अंगहरुसँग समन्वय  गर्ने कोषले जनाएको छ।

    यस्तै पशुपति क्षेत्रमा कोषको बाहेक कुनैपनि लोगो, पर्चा, ब्यानर लैजान नपाउने भएको छ। कोषले स्वंयसेवक, सहयोग विभिन्न नाममा प्रचार गने गरेको भन्दै यो वर्षबाट त्यस्तो नहुने कोषले जनाएको छ।

    शिवरात्रिमा पशुपतिनाथमा राष्ट्रपति आफैं आउने कार्यक्रम रहेको भन्दै सुरक्षा व्यवस्था चुस्त रहेको कोषले दाबी गरेको छ।

    शिवरात्रिका लागि ८० लाख खर्च छुट्याएको भन्दै फागुन मसान्तसम्म खर्च विवरण सार्वजनिक गर्ने कोषले जनाएको छ। शिवरात्रिका लागि ८० लाख खर्च आन्तरिक कोषबाट हुने कोषले जानकारी दिएको छ।