राष्ट्रपतिको चुनावमा शक्तिराष्ट्रहरूले प्रत्यक्ष रूपमा भूमिका खेलेको चित्रबहादुर केसीको आरोप - Chaitanya News
  • 2026-05-06
  • 10:53:24
  • बुधबार,बैशाख २३, २०८३
  • राष्ट्रपतिको चुनावमा शक्तिराष्ट्रहरूले प्रत्यक्ष रूपमा भूमिका खेलेको चित्रबहादुर केसीको आरोप

    राष्ट्रपतिको चुनावमा शक्तिराष्ट्रहरूले प्रत्यक्ष रूपमा भूमिका खेलेको चित्रबहादुर केसीको आरोप

    काठमाडौा– राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले शक्ति राष्ट्रहरूले राष्ट्रपतिको चुनावमा प्रत्यक्ष रूपमा नै भूमिका खेलेको आरोप लगाएका छन्।

    बुधबार प्रतिनिधिसभाको बैठकमा बौल्दै सांसद केसीले यस्तो आरोप लगाएका हुन्।

    उनले यसले नेपालको स्वाभिमान नेपालको राष्ट्रियता र सार्वभौम अखण्डतामाथि दखल भइरहेको बताए।

    सांसद केसीले भने, ‘एक दुई दिन पहिला छिमेकी राष्ट्र भारतबाट परराष्ट्र सचिवको नेपाल आगमन भयो। उहाँले नेपालका राष्ट्र प्रमुख, सरकार प्रमुखलगायत विभिन्न मानिसहरूको बीचमा भेटघाटको अभियान चलाउनु भयो। तर नेपालबाट पूर्वप्रधानमन्त्रीहरू वा जिम्मेवार मन्त्रीहरू जाँदा भारतीय शासकहरूले, खास गरेर उपल्लो तहका शासकहरूलाई भेट्नै सक्दैन। उहाँहरू निराश भएर फर्किनुपर्छ। राष्ट्रिय स्वाभिमानको बारेमा उहाँहरूलाई अलिकति पनि लाज लाग्दैन। नेपालमा अहिले चर्चाको विषय छ, राष्ट्रपति कसलाई बनाउने। शक्ति राष्ट्रहरूले राष्ट्रपतिको चुनावमा प्रत्यक्ष रूपले नै आफ्नो देशको अनुकूल मान्छे राष्ट्रपति बनाउने खेल भइरहेको छ। यसले नेपालको स्वाभिमान नेपालको राष्ट्रियता र सार्वभौम अखण्डतामाथि दखल भइरहेको छ।’

    उनले नेपालमा गणतन्त्र माथिको खतरा गणतन्त्र पक्षधरहरूबाट नै रहेको जिकिरसमेत गरे।