नेपाली कांग्रेसले गर्‍यो मधेश प्रदेशसभा बैठक अवरुद्ध - Chaitanya News
  • 2026-05-15
  • 15:05:15
  • शुक्रबार,जेठ ०१, २०८३
  • नेपाली कांग्रेसले गर्‍यो मधेश प्रदेशसभा बैठक अवरुद्ध

    नेपाली कांग्रेसले गर्‍यो मधेश प्रदेशसभा बैठक अवरुद्ध

    जनकपुरधाम– नेपाली कांग्रेसले मधेश प्रदेशसभा बैठक अवरोध गरेको छ। संसदीय दलको कार्यालयमा अतिथि बोलाउन पाउने कि नपाउने भन्दैप्रतिपक्षी दल बैठक अवरोध गरेको हो

    संसदीय दलमा अतिथिलाई आउन मर्यादा पालकले आउन नदिएको भन्दै कांग्रेसका सचेतक कुमरकान्त झाले कुरा राख्दै जवाफ नआएसम्म संसद चल्न नदिने बताए।

    प्रदेशसभा सचिवालयभित्र सबै दलको संसदीय दलको कार्यालय छ।

    यता सभामुख रामचन्द्र मण्डलले तपाईको पाहुना बम लिएर संसद सचिवालयभित्र आउन खोजे प्रवेश गर्न दिने की नदिने भनेर प्रश्न गरे।

    ‘यदि तपाईको अतिथि बम लिएर प्रदेशसभा भित्र छिर्न खोज्यो भने छिर्न दिने की नदिने? सभामुख मण्डलले प्रश्न गरे। त्यसपछि कांग्रेसका एक सांसदले सभामुखको उक्त कुराको विरोध गरे। १० मिनटका लागि प्रदेशसभा बैठक स्थगित गरिएको छ।