आजको मौसमः उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन - Chaitanya News
  • 2026-05-06
  • 09:45:50
  • बुधबार,बैशाख २३, २०८३
  • आजको मौसमः उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन

    आजको मौसमः उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन

    काठमाडौं – हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नम्बर १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ।

    राति पनि प्रदेश नम्बर १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    तराईंका थोरै भू–भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ । महाशाखाले मौसम सूचना तथा पूर्वानुमान अद्यावधिक रहन अनुरोध गरेको छ ।