मधेस कृषि विश्वविद्यालयमा भएको भ्रष्टाचारको छानबिन होस् : नेता शर्मा - Chaitanya News
  • 2026-05-15
  • 14:05:57
  • शुक्रबार,जेठ ०१, २०८३
  • मधेस कृषि विश्वविद्यालयमा भएको भ्रष्टाचारको छानबिन होस् : नेता शर्मा

    मधेस कृषि विश्वविद्यालयमा भएको भ्रष्टाचारको छानबिन होस् : नेता शर्मा

    जनकपुरधाम– लोकतान्त्रिक समाजवादी पार्टी मधेस प्रदेश दलका नेता अभिराम शर्माले मधेस कृषि विश्वविद्यालयमा भएको भ्रष्टाचारको छानबिन गर्न सरकारसँग माग गरेका छन्। मधेस प्रदेशसभाको ५ औँ वार्षिकोत्सवमा मुख्यमन्त्री सरोजकुमार यादवले सरकार बुलेट ट्रेनभन्दा गतिमा काम गर्छ भनेको अभिव्यक्तिलाई ईंगित गर्दै उनले उक्त विश्वविद्यालयमा भएको भ्रष्टाचारको छानबिन गर्न एक समिति गठन गर्न माग गरेका हुन्।

    प्रदेश सरकारको विशेष महत्त्वाकाङ्क्षी ऐन बनाएरै ल्याइएको योजनाको कृषि विश्वविद्यालयको गाडी र कर्मचारी कोही निजी व्यक्तिले प्रयोग गर्नु दुखद रहेको बताए। मधेस प्रदेश प्रदेश सभाको पहिलो अधिवेशनको पाँचौँ बैठकमा बोल्दै उनले भने, ’बा.२ झ २४१५ नम्बरको प्रदेश सरकारको गाडी कुनै व्यक्ति चढिरहेको छ। प्रदेश सरकारको कर्मचारी कसैको निजी रूपमा प्रयोग गरी रहेको छ। सरकारलाई यस्ता अनियमित कार्य रोक्न ध्यानाकर्षण गराउँछु।’

    शर्माले प्रदेशका कृषि मन्त्रीले किसानलाई निःशुल्क विद्युत् महसुल र मल खाद्यको बढाएको गतिविधि सकारात्मक पहल भएको भन्दै उनले सो कार्यको स्वागतयोग्य भएको बताए। विगतमा भएको सकारात्मक र रचनात्मक कार्यलाई निरन्तरता र सौन्दर्यीकरणको नाममा भ्रष्टाचार, नदी नियन्त्रणमा भ्रष्टाचार र कृषिमा भएको भ्रष्टाचारको सबै फाइलहरू प्रदेशसभामा लेखा समितिमा यथास्थितिमा रहेको हुँदा यी अनियमितताहरू गम्भीरताका साथ अगाडी बढाउन माग समेत गरे।