विश्वकप लिग– २ जितका लागि नेपालसामु २८६ रनको लक्ष्य - Chaitanya News
  • 2026-06-05
  • 09:55:07
  • शुक्रबार,जेठ २२, २०८३
  • विश्वकप लिग– २ जितका लागि नेपालसामु २८६ रनको लक्ष्य

    विश्वकप लिग– २ जितका लागि नेपालसामु २८६ रनको लक्ष्य

    काठमाडौं– आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाले नेपालसामु जितका लागि २ सय ८६ रनको लक्ष्य दिएको छ।

    क्रिकेट मैदानमा टस हारेर शुरुवाती ब्याटिङ थालेको नामिबियाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २ सय ८५ रन बनायो।

    नामिबियाका माइकल भ्यान लिङ्गेनले शतकीय पारी खेल्दै सर्वाधिक १३३ रनको योगदान गरे। कप्तान गेरहार्ड इरास्मस ५६ तथा जेन हरियोले ३४ रन जोडे।

    बलिङतर्फ नेपालका करण केसीले कीर्तिमानी सर्वाधिक ५ विकेट लिँदै ओडिआई क्रिकेटमा ५ विकेट ३ पटक लिने पहिलो नेपाली खेलाडी बनेका छन्। सन्दीप लामिछानेले ३ विकेट हात पार्दा सोमपाल कामी र कुशल मल्लले १–१ विकेट लिए।

    २ सय ८६ रनको लक्ष्य पछ्याएको नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ। नेपालका आशिफ शेख शून्य रनमा आउट हुँदा ज्ञानेन्द्र मल्ल २५ रन बनाएर पवेलियन फर्किएका छन्।

    अहिले नेपाल ३३ ओभरमा ३ विकेट गुमाएर १ सय ८६ रन बनाएको छ। नेपालले तेस्रो विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमाएको छ। उनले खेलेको ७२ रनको पालीमा ७ चौका र ३ छक्का प्रहार गरे।

    कुशल भूर्तेल भने ८१ रन बनाएर अझै क्रिजमा छन्। उनलाई साथ दिन कुशल मल्ल आएका छन्।