काठमाडौं– सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक सुरु भएको छ। सङ्घीय संसद्को महासचिव डा. भरतराज गौतमले मङ्गलबार अपराह्न ४ बजेर १ मिनेटमा बैठक सुरु भएको हो। आजको बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७९–०८० को बजेटको अर्थ–वार्षिक मूल्याङ्कन प्रतिवेदनको सम्बन्धमा वक्तव्य दिनेछन।
त्यस्तै, दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले ‘दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७८–०७९’सभासमक्ष पेस गर्नेछन।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भोलि नै अपराह्न ४ बजेर १ मिनेटमा बैठक बस्ने गरी निर्धारण गर्नुभएको महासचिव गौतमले बताए।
![]()