काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले आफ्नो पार्टीका समर्थकहरूको व्यवहार साइबर बुलिङकै तहमा भएको बताएका छन्। कार्कीले फेसबुकमा एक पोस्ट गर्दै उनले गायिका एलिना चौहानप्रति व्यक्त भएका धारणा र आक्रमणलाई लोकतन्त्रको परिभाषाले नसमेट्ने टिप्पणी गरे।
ूयस्तो हुनुहुन्न भनेर सबैभन्दा पहिले आफ्नैहरूलाई सम्झाउनु पर्नेछ। लोकतन्त्रलाई व्यवहारिक बनाउँदै अगाडि बढ्नुपर्नेछ, कार्कीले विपरीत विचार राख्नेलाई किन कुट्छौ, किन आक्रमण गर्छौ भनेर आलोचना गर्नसक्ने नैतिक अधिकार आफैँले गुमाउँदै गएको जस्तो लाग्ने गरेको भन्दै उनले असन्तुष्टि पोखेका छन्।
हाम्रै पार्टीका समर्थकहरूले हाम्रो पार्टी र नेताहरूको विरोध गर्नेहरू प्रति प्रयोग गर्ने शब्द र तरिका ुसाइबर बुलिङुकै तहमा छन्,ू उनले भनेका छन्।
सामाजिक सञ्जालमा जनयुद्धको विरोध गरेको भन्दै गोरखामा क्याम्पस प्रमुख कुटिएको विषयसँग जोड्दै कार्कीले आफ्नो त्यस किसिमको असन्तुष्टि व्यक्त गरेका हुन्।