प्रधानसेनापति शर्मा र अमेरिकी उपसहायक विदेशमन्त्री अख्तरबीच भद्रकालीमा भेटवार्ता - Chaitanya News
  • 2026-05-15
  • 14:05:54
  • शुक्रबार,जेठ ०१, २०८३
  • प्रधानसेनापति शर्मा र अमेरिकी उपसहायक विदेशमन्त्री अख्तरबीच भद्रकालीमा भेटवार्ता

    प्रधानसेनापति शर्मा र अमेरिकी उपसहायक विदेशमन्त्री अख्तरबीच भद्रकालीमा भेटवार्ता

    काठमाडौं– प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकी उपसहायक विदेशमन्त्री अफरिन अख्तरबीच भेटवार्ता भएको छ। भद्रकालीस्थित जंगीअड्डामा भएको भेटमा सैनिक साहयता सम्बन्धमा छलफल भएको हो।

    त्यस्तै दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालय जंगीअड्डाले जनाएको छ। यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ।

    अख्तरले नेपाल भ्रमणका क्रममा सरकारी र नेपाली सेनाका अधिकारीसँग भेटघाट गर्ने अमेरिकी दूतावासले जनाएको छ। इसिमोड तथा ऊर्जा नेपालका नेपाली साझेदारसँग पनि छलफलको कार्यक्रम रहेको जनाइएको छ।

    ‘जलवायु परिवर्तन, स्वच्छ ऊर्जा, मानवीय सहायता तथा विपद् प्रतिकार्यका विषयमा अनि लोकतन्त्र, मानवअधिकार तथा पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउने विषयमा छलफल हुनेछ’, दूतावासले भनेको छ।