बस र सशस्त्र ट्रक ठोक्किँदा २० जनाको मृत्यु, ६० जना घाइते - Chaitanya News
  • 2026-10-28
  • 22:22:15
  • बुधबार,कार्तिक १२, २०८३
  • बस र सशस्त्र ट्रक ठोक्किँदा २० जनाको मृत्यु, ६० जना घाइते

    बस र सशस्त्र ट्रक ठोक्किँदा २० जनाको मृत्यु, ६० जना घाइते

    जोहानेसवर्ग, एजेन्सी– दक्षिण अफ्रिकामा बस र सशस्त्र ट्रक ठोक्किँदा २० जनाको मृत्यु भएको छ। उत्तरी प्रान्त लिम्पोपोमा विपरीत दिशाबाट आ–आफ्नो गन्तव्यतर्फ हुँइकिएका ट्रक र बस ठोक्किँदा अन्य ६० जना घाइते भएका छन्।

    क्षेत्रीय यातायात विभागका एक अधिकारीका अनुसार घाइतेमध्ये दश जनाको अवस्था गम्भीर छ। सबै घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। राजमार्ग नजिकको नदीमा पनि बसका यात्री खसेका आशङ्कामा प्रहरी गोताखोर परिचालन गरेर खोजी भइरहेको छ।

    दुर्घटनाको कारण सार्वजनिक गरिएको छैन। दुर्घटना भएको भेगमा विगत केही दिनदेखि भारी वर्षा भएकाले चिप्लोमा ती सवारी साधनले नियन्त्रण गुमाएका अनुमान गरिएको छ। दक्षिण अफ्रिकाका धेरै भूभाग बाढीको चपेटामा परेका छन्। बाढीमा परी हालसम्म सात जनाको ज्यान गएको छ।