काठमाडौं–नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौड्यले एकदिवसीय अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्।
आईसीसी विश्वकप लिग २ मा नामिबियाविरुद्धको खेलमा उनले एक हजार रन पूरा गरेका हुन्।
उनले २५ ओभर पाँच बलमा चौका प्रहार गर्दै एक हजार रन पूरा गरेका हुन्।
रोहितले आज मात्र एकदिवसीय क्रिकेटमा आफ्नो छैटौं अर्धशतक पूरा गरेका छन्।