सरकार र यातायात मजदुर तथा व्यवसायीबीच वार्ता जारी - Chaitanya News
  • 2026-05-06
  • 09:46:12
  • बुधबार,बैशाख २३, २०८३
  • सरकार र यातायात मजदुर तथा व्यवसायीबीच वार्ता जारी

    सरकार र यातायात मजदुर तथा व्यवसायीबीच वार्ता जारी

    काठमाडौं – सरकार र यातायात मजदुर तथा व्यवसायीबीच वार्ता जारी छ। सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्ता भइरहेको छ।

    वार्तामा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसहित मन्त्रालयका सचिव, ट्राफिक प्रहरी प्रमुख मीरा चौधरी लगायतको सहभागिता छ। यस्तै यातायात व्यवसायी, मजदुर सङ्गठनहरूको समेत उपस्थिति छ।

    आज यातायात मजदुरको बन्दको कारण उपत्यकाको यातायात व्यवस्था प्रभावित बनेको छ। सार्वजानिक यातायात नचल्दा यात्रुहरुलाई गन्तव्यमा पुग्न कठिनाई भएको छ।

    यातायात मजदुरको आन्दोलनका कारण सोमबार दिनभर बालाजु क्षेत्र तनावग्रस्त बनेको थियो। आक्रोशित आन्दोलनकारीले प्रहरीको दुई वटा गाडी पनि जलाएका थिए।