प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची - Chaitanya News
  • 2026-05-15
  • 14:04:57
  • शुक्रबार,जेठ ०१, २०८३
  • प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो ३ बजे बैठक शुरु हुनेछ ।

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले थारु आयोगको चौंथो वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् ।

    यस्तै उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आ.व. २०७९–८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनको सम्बन्धमा वक्तव्य दिनेछन् भने सभामुख देवराज घिमिरेले शोक प्रस्ताव पनि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
    हेर्नुस् कार्यसूची

    sam