आजदेखि एमाले निकट अखिलको महाधिवेशन सुरु हुँदै - Chaitanya News
  • 2026-05-06
  • 09:44:33
  • बुधबार,बैशाख २३, २०८३
  • आजदेखि एमाले निकट अखिलको महाधिवेशन सुरु हुँदै

    आजदेखि एमाले निकट अखिलको महाधिवेशन सुरु हुँदै

    काठमाडौं- नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र स्वतन्त्र युनियन अनेरास्वियुको महाधिवेशन आज मंगलबारदेखि सुरु हुँदैछ। सात वर्षपछि अहिले अखिलको महाधिवेशन हुन लागेको हो।

    नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनमा सहभागी हुन देशभरिबाट १ हजार ८० जना प्रतिनिधिले सहभागिता जनाउने अध्यक्ष बरालले जानकारी दिइन्।

    अध्यक्षको लागि लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र मोती विश्वकर्मा र महासचिव समिक बडालले दाबी गरिरहेका छन्।