काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन ठप्प - Chaitanya News
  • 2026-05-06
  • 09:45:23
  • बुधबार,बैशाख २३, २०८३
  • काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन ठप्प

    काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन ठप्प

    काठमाडौं-  यातायात व्यवसायी तथा मजदुरहरूले मंगलबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द गराएका छन् ।

    सोमबार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सरकारले विगतमा गरेका सहमतिहरू पालना नगरेको भन्दै यातायात नचलाउने घोषणा गरेका हुन् । १० बुँदे सार्वजनिक सवारी माग पूरा नभएसम्म यातायात ठप्प पार्ने विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

    ट्राफिकले ५ पटकसम्म चिट काटेपछि ६ महिनासम्म सवारी चलाउन नपाउने नियमविरुद्ध व्यावसायीहरुहले साेमबार काठमाडौंको बालाजु क्षेत्रमा प्रदर्शन गरेका थिए ।

    प्रदर्शनकारीले प्रहरीका दुई वटा भ्यानका साथै माछापोखरीस्थित अस्थायी प्रहरी विटमा आगजनी गरेका छन् । त्यस्तै प्रदर्शनकारीले ट्राफिक प्रहरीले सडक व्यवस्थापनमा राखेका डिभाइडर, ट्राफिक प्रहरी उभिने आइल्याण्ड लगायतका संरचनामा समेत आगो लगाएका छन् । यसैबीच, आन्दोलनरत यातायात मजदुरसँग मंगलबार सरकारी अधिकारीहरुले वार्ता गर्ने भएका छन् ।