देशभर तत्काल छैन वर्षाको सम्भावना - Chaitanya News
  • 2026-06-23
  • 15:44:30
  • मंगलबार,आषाढ ०९, २०८३
  • देशभर तत्काल छैन वर्षाको सम्भावना

    देशभर तत्काल छैन वर्षाको सम्भावना

    काठमाडौँ – नेपालमा अहिले कुनै पनि मौसमी प्रणालीहरूको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज (मंगलबार) दिउँसो पनि देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । राति पनि देशभर मौसम सामान्यतया सफा रहने छ ।

    तराईका थोरै भू–भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । तत्काल वर्षाको सम्भावना नदेखिएको महाशाखाले जनाएको छ ।