काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमा नेपाल एउटै विमानमा राजधानी फर्कंदै छन। आज बिहान धनगढी गएका प्रधानमन्त्री दाहाल र हिजो बिहान त्यता जानुभएका अध्यक्ष नेपाल सेनाको विमानमा काठमाडौं प्रस्थान गरेका थिए।
उनीहरु सवार नेपाली सेनाको एनए ०६२ कासा विमान दिउँसो साढे ४ बजे धनगढीबाट काठमाडौंको निम्ति उडेको हो। प्रधानमन्त्री आज बिहान ३४ जनाको टोली लिएर सुदूरपश्चिम प्रदेश गएका हुन।
टोलीमा उद्योगमन्त्री दामोदर भण्डारी, स्वास्थ्यमन्त्री पदम गिरी, मुख्य सचिव शंकरदास बैरागी, विभिन्न मन्त्रालयका सचिव, सुरक्षाकर्मी र प्रधानमन्त्रीका सहयोगीहरु छन्।